नियम १५३
मालसामान मर्मत सम्भार गर्ने गराउने कार्यविधि
(१) स्थानीय निकायमा रहेको कुनै
मालसामान मर्मत सम्भार गर्नु पर्ने भए सोको लिखित जानकारी त्यस्तो मालसामानको
उपयोगकर्ताले सो निकायको प्रमुखलाई दिनु पर्नेछ । त्यसरी जानकारी प्राप्त भएपछि
निजले यस नियमावलीमा उल्लेख भए बमोजिम लागत अनुमान तयार गराई स्वीकृत
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लागत अनुमान स्वीकृत भए पछि मालसामानको
मर्मत आÇनै वर्कशप वा मर्मत केन्द्र भए त्यस्तो मालसामानको मर्मत त्यस्तो वर्कशप
वा मर्मत केन्द्रबाट गराउनु पर्नेछ । त्यसरी मर्मत गराउ“दा कुनै मालसामान, उपकरण
वा पाटपूर्जा फेरबदल गर्नु पर्ने भएमा त्यस्तो मालसामान, उपकरण वा पाटपूर्जा
मौज्दातबाट लिइ र मौज्दातमा नभए खरिद ऐन र यस नियमावलीको प्रक्रिया
अवलम्वन गरी खरिद गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम उपकरण वा पाटपूर्जा खरिद गरेकोमा स्थानीय
निकायले त्यस्तो मालसामान वा उपकरण जिन्सी दाखिला गराई प्रति इकाई मूल्य
पा“चहजार रुपैया“ भन्दा बढी पर्ने उपकरण वा पाटपूर्जाको अभिलेख राख्नु पर्नेछ र
त्यस्ता पाटपूर्जा पुराना उपकरण वा पार्टपूर्जाको लागि प्रतिस्थापन गरिएको कुरा
सम्बन्धित प्राविधिकबाट प्रमाणित गराई पुराना सामान जिन्सी दाखिला गर्नु पर्नेछ ।
(४) आफ्नो वर्कशप वा मर्मत केन्द्र नभएको स्थानीय निकायले खरिद ऐन र
यस नियमावलीको प्रकृया अवलम्वन गरी मालसामान मर्मत सम्भार गराउनु पर्नेछ ।
(५) अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि आÇनै वर्कशप वा मर्मत केन्द्र
भएको निकायले मर्मत कार्य अभिलेख फाराममा (जब कार्ड) रेकर्ड राखि मर्मत
पश्चात् लागत स्वीकृत गर्न सक्नेछ ।